१० मंसिर २०८१, सोमबार

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न म्याद थप

कोलोराडोखबर संवाददाता , November 25th, 2024

नेपाल । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान जारी रहँदा थप १५ दिनको म्याद थप भएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश भिमलाल बेल्बासेको इजलासले थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

कास्कीपछि रुपन्देही, काठमाडौं र चितवनमा पनि लामिछाने बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्