नेपाल । सभामुख देवराज घिमिरे कम्बोडिया पुगेका छन् ।
सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपिटिपी) को एघारौँ बैठकमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडिया पुगेका हुन् ।
सभामुख घिमिरे यही मङ्सिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्