अमेरिका । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ टेस्ला कम्पनीका मालिक, अमेरिकी व्यवसायी विश्वकै धनाढ्य व्यक्ति एलन मस्कसँग भिडिओ संवाद गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफूले एलनसँग कुरा गर्दै गरेको सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । मस्कले आफ्नो इन्टरनेट सेवाप्रदायक कम्पनी स्टारलिंकको सेवा नेपालमा बिस्तार गर्न खोजेको विषयमा प्रधानमन्त्रीसँग कुराकानी गरेको बताइएको छ ।
यसअघि करिब एक महिना अगाडि प्रधानमन्त्री ओली र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई स्टारलिंकका प्रतिनिधिहरुले नेपालमा इन्टरनेट विस्तारबारे भिडिओ देखाएका थिए ।
तर यसबारेमा नेपालका प्रधानमन्त्रीसँग एलनले सीधा संवाद गरेको यही प्रथम हो । स्याटेलाइट इन्टर्नेट सेवा प्रदायक एलन मस्कको कम्पनी स्टार लिङ्कले विश्वका अन्य धेरै देशलाई सेवा दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्