७ बैशाख २०८२, आईतवार

एनआरएनलाई नेपाली शेयर बजारमा लगानी गर्न बाटो खुल्ला

कोलोराडोखबर संवाददाता , November 23rd, 2024

अमेरिका । गैरआवासीय नेपालीहरुको लागि लगानी गर्न नेपालको शेयर बजार खुल्ला गरिएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१ लाई नेपाल धितोपत्र बोर्डले विहिवार स्वीकृती प्रदान गरे पछि विदेशमा बस्ने नेपालीहरुले शेयर बजारमा लगानी गर्न पाउने भएका हुन् ।

गैरआवासीय नेपाली संघले शुक्रवार एक विज्ञप्ति जारी गदै नेपालको इतिहासमा पहिलो पटक गैरआवासीय नेपालीलाई लक्षित गर्दै धितोपत्र निष्काशन गर्न आवश्यक व्यवस्था गरिएको भन्दै सो निर्णयको स्वागत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्