–तुसली घिमिरे–
फारोगरी जिन्दगी यो बाँच्न पाए हुन्थ्यो
जस्तै गाह्रो परेपनी हाँस्न पाए हुन्थ्यो
दुख त्यो हो कहिलेकाही आएपछि जान्छ
जसोगरी भेल पसि फोहोर मैलो लान्छ ।
यो रातमा झ्याँउकिरीले गाँउछ मिठो गित
बिहानिमा लाली छर्दै खुल्दछ क्षितिज
धरतिमा एउटा प्यारो झलमल जुन छ
त्यही पनी अँधेरीमा भक्कानिदै रुन्छ ।
मनभित्र थियो अस्मेल कति कति इच्छा
माटो मात्र जोति रहे फलेन कतै शिक्षा
मेरो भन्नू प्यारो मानिस दुनियाँमा कुन छ ?
सधैंभरी यो दुखले माखी साङ्लो बुन्छ ।
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्