८ मंसिर २०८१, शनिबार

पत्रकार सुधीर शर्माका दुई कृति माथि विमर्श

कोलोराडोखबर संवाददाता , November 23rd, 2024

नेपाल (हेटौँडा) । पत्रकार सुधीर शर्माका दुई कृति माथि हेटौँडामा विमर्श गरिएको छ । शर्माले लेख्नुभएको पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह” र ‘हिमालपारिको हुरी’ माथि विमर्श गरिएको हो ।

राजनीतिज्ञ, साहित्यका, प्राध्यापक, विद्यार्थी, व्यवसायीको उपस्थितिमा शुक्रबार हेटौँडामा आयोजित विमर्शमा मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक घनश्याम घिमिरेले शर्माका दुबै कृतिको समीक्षात्मक प्रस्तुती राख्नुहुँदै लेखक शर्मासँग अन्तरक्रिया गर्नुभएको थियो ।

‘भिक्षु, व्यापार र विद्रोह’ मा शर्माले मल्लकाल, लिच्छवीकालदेखि नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध, नेवार समुदायले तिब्बतमा पुगेर गरेको व्यापारको इतिहास, चीनमा माओत्सेतुङले गरेको साँस्कृतिक क्रान्तिको विषयमा समावेश गरिएको उल्लेख गर्नुहुँदै उपप्राध्यापक घिमिरेले ‘हिमालपारिको हुरी’ मा शर्माले सन् २००८ पछि चीनले खुलारुपमा आफूलाई प्रस्तुत गर्न सुरु गरेको बताउनुभयो ।

हिमालपारिको हुरीमा सन् २००८ अघि अन्तरमुखी चीन सन् २००८ को ओलम्पिक खेल आयोजनापछि विश्वसामु आफुलाई खुलारुपमा प्रस्तुत गरेको, आफ्नो शक्ति र सामथ्र्य प्रस्तुत गरेको घिमिरेले बताउनुभयो । नेपालमा राजतन्त्रको अन्त्य भएपछि चीनले राष्ट्रप्रमुखको समेत जिम्मेवारी सम्हालिरहेका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको हातमा आफ्नो राजदूतको ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेर राजनीतिक परिवर्तनलाई स्वीकारेको प्रसंगको महत्वपूर्ण विश्लेषण पुस्तकमा रहेको घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्