१५ माघ २०८१, मंगलवार

सहकारी ठगीका आरोपी पूर्वडीआईजी जोशीलाई मंगलबार कास्कीबाट काठमाडौं ल्याइयो

कोलोराडोखबर संवाददाता , November 20th, 2024

नेपाल । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई मंगलबार साँझ कास्कीबाट काठमाडौँ ल्याइएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा गत असोज ६ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएकाले बयानका लागि काठमाडौँ ल्याइएको हो ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने, पूर्व डीआईजी जोशी, कुमार रम्तेलसहित २१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

यसअघि कुमार रम्तेललाई पनि काठमाडौँ ल्याएर बयान लिइएको थियो । रम्तेललाई बयान सकेर मंगलबार पोखरा नै फर्काइएको छ ।

जोशीको पनि बयान सकेर पोखरा नै फर्काइनेछ । त्यसपछि लामिछानेलाई काठमाडौँ लैजाने तयारी प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्