नेपाल । मंगलबारदेखि चितवनको पर्यटकीय नगरी सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८० सुरु भएको छ । महोत्सवको अर्थमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरेका हुन् ।
कोरोना महामारी पछि स्थगित भएको महोत्सव चारवर्ष पछि आयोजना गरिएको हो । मङ्गलबारबाट सुरु भएको हात्ती तथा पर्यटन महोत्सवको मुख्य आकर्षण हात्ती सुन्दरी प्रतियोगिता र हात्ती वनभोज रहेको क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए ।
महोत्सव अन्तर्गत हात्तीसँग सम्बन्धित गतिविधि बुधबारबाट सुरु हुनेछ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सव आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्