६ मंसिर २०८१, बिहीबार

माओवादीको पदाधिकारी बैठक बस्दै, के के छन् एजेण्डा ?

कोलोराडोखबर संवाददाता , November 19th, 2024

नेपाल । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ४ बजे बस्ने भएको हो ।

विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

यसअघि कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो । जसअनुसार थप छलफलका लागि पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्