११ आश्विन २०८१, शुक्रबार

गाजामा युद्ध जारी, २० हजार प्यालेस्टाइनीको मृत्यु

कोलोराडोखबर संवाददाता , December 26th, 2023

एजेन्सीहरु । गाजा क्षेत्रमा युद्ध जारी छ । हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या हालसम्म २० हजार २८५ पुगेको छ ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफमा आफ्नो सैन्य कारबाही सुरु गरेको इजरायलले निरन्तर युद्ध जारी राखेको हो ।

गाजापट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या हालसम्म २० हजार २८५ पुगेको छ भने ५३ हजार ६८८ अन्य घाइते भएका छन् ।

इजरायली नाकाबन्दीका कारण गाजावासीहरू बिजुली, खाद्यान्न, चिकित्सा आपूर्ति र आश्रयस्थलको अभावबाट पीडित छन् ।

प्रतिक्रिया दिनुहोस्