११ आश्विन २०८१, शुक्रबार

ठगी मुद्दाका फरार पासवान कतारमा पक्राउ

कोलोराडोखबर संवाददाता , December 26th, 2023

नेपाल । कतारमा पक्राउ परेका धनुषाका रजिन्द्र पासवानलाई नेपाल ल्याइएको छ ।

ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय पासमान पक्राउ परेका हुन् ।

एनसीबी दोहा, कतारको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने प्रयोजनार्थ सोमबार नेपाल ल्याइएको हो ।

पासमानलगायत व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रूपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकका एटिएम कार्डहरूमार्फत निकालेका थिए । अनुसन्धानको क्रममा पासवान वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्