६ मंसिर २०८१, बिहीबार

राष्ट्रिय आवश्यकताअनुसार संविधान संशोधन गर्ने सहमति भएको छः देउवा

कोलोराडोखबर संवाददाता , November 16th, 2024

नेपाल । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र हितका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

गत सोमबारदेखि डडेल्धुरा जिल्ला भ्रमणमा रहेका उनले शुक्रबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले राष्ट्रिय आवश्यकताअनुसार संविधान संशोधन गर्ने सहमति भएको खुलासा गरे ।

उनले राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संशोधन गर्न दुई दल तयार रहेको र अरू दलहरूलाई पनि समेटिने बताए ।

प्रतिक्रिया दिनुहोस्