नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको आज १ वर्ष पूरा भएको छ । यसै अवसरमा आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । उनको सम्बोधन अपराह्न ५ बजेका लागि तय भएको छ।
भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन सरकारले गरेका प्रयासबारे जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल पछिल्लो पटक २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्