नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ महिला टी–२० विश्वकपमा पुगेको नेपाली क्रिकेट खेलाडीलाई पुरस्कार रकम दिने घोषणा गरेको छ ।
क्यानले यू–१९ महिला टिमक सदस्यलाई जनही २ लाख ५० हजार र टिम अफिसियललाई एक लाख ५० हजार नगद पुरस्कार दिने निर्णय गरेको हो ।
युएईलाई पराजित गर्दै पहिलो पटक यू–१९ महिला विश्वकपमा छनौट भएको नेपाल यू–१९ एशिया कपमा पनि छनौट भएको छ ।
प्रतिक्रिया दिनुहोस्