९ मंसिर २०८१, आईतवार

घले समूहले पटकपटक गरी १३८ किलो सुन नेपाल भित्र्याएको समितिको निष्कर्ष

कोलोराडोखबर संवाददाता , December 25th, 2023

केही दिनअघि १४ किलो किलो सुनसहित पक्राउ परेको गिरोहले १ सय ३८ केजी सुन नेपाल भित्र्याइसकेको निष्कर्ष निकालिएको छ ।

छानबिन समितिले आइतबार प्रतिवेदन सार्वजनिक गर्दै काठमाडौं स्थित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका चन्द्रबहादुर घलेसहित मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर सुन तस्करी गर्ने गरेका थिए ।

एयरपोर्टबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाशप्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठको भूमिका रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्