११ मंसिर २०८१, मंगलवार

नेपाली बजारमा सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँ घट्यो

कोलोराडोखबर संवाददाता , November 13th, 2024

नेपाल । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको भाउ तोलामै २४ सय रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो ।

सोमबार छापावाला सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । सोमबार प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १९ सय २५ रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्