-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ शुक्रबार सांझ सम्पन्न देउसी भैलो कार्यक्रमबाट झण्डै १६ हजार डलर संकलन भएको छ ।
नेपाली सांस्कृतिक केन्द्र भवनमा खेलिएको देउसी भैलोबाट ७ हजार ३ सय ७९ र अरोरामा सम्पन्न देउसी भैलो र्कायक्रमबाट ८ हजार ३ सय ५० गरी जम्मा १५ हजार ७ सय २९ संकलन गरिएको हो ।
कोलोराडोमा कृयासिल संस्था नेपाली घरको संयोजन तथा स्थानिय संघ संस्थाहरुको सहयोगमा देउसी भैलो सम्पन्न भएको हो । कार्यक्रमबाट संकलन गरिएको रकम खर्च कटाएर बांकी नेपाली घरको खातामा जम्मा गरिने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् ।
नेपाली सास्कृतीक केन्द्र भवनमा सम्पन्न देउसी भैलोको संयोजन समाजसेवी शान्ति भुषालले गरेकी थिइन् । बयोबृद्ध आमा जानुका कार्किद्धारा पानसमा बत्ती बालेर शुरु गरिएको कार्यक्रममा लोक गायक महेश बुढाथोकी, लेखक तथा साहित्यकार श्रीप्रसाद पोख्रेल लगायत नेपालीभाषी बा आमा दाजुभाइ दिदी बहिनीहरुको उपस्थिती रहेको थियो ।
देउसी भैलो कार्यक्रमका संयोजक शान्ति भुषालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्धेश्य र महत्वबारे प्रकाश पारेकी थिइन् । कार्यक्रममा महेश बुढाथोकी, दिनेशकुमार कार्कि लगायतका कलाकारहरुले गीत गाएका थिए भने बाल बालिकाहरुले नेपाली संगीतमा कुशल नृत्य प्रर्दशन गरि दर्शक श्रोताको मन जित्न सफल भएका थिए । कार्यक्रम नेपाली घरका महासचिव भोला कटुवाल र ईभेन्ट अफिसर दिनेशकुमार कार्कीले संयूक्त रूपमा संचालन गरेका थिए ।
अरोरा सेन्टिनियलको देउसी भैलो समाजसेवी कुमारजंग कार्कीको संयोजनमा सम्पन्न भएको हो । कार्यक्रम बयोबृद्ध समाजसेवी तथा नेपाली घरका सल्लाहकार रामप्रसाद श्रेष्ठद्धारा पानसमा बत्तीबालेर उद्धघाटन गरिएको थियो । कार्यक्रमका संयोजक कार्किले उपस्थित सबैलाई स्वागत गरेका थिए भने नेपाली घरका उपाध्यक्ष गंगा चौलागाइले कार्यक्रमको उद्धेश्य र महत्वबारे प्रकास पारेका थिए । त्यसैगरी अरोरा सेन्टिनियल नेपाली भाषी समुदायका निर्वतमान संयोजक नवराज न्यौपानेले समारोहमा उपस्थित लगायत कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा सनातन बैदिक शात्रका ज्ञाता, ज्योतिष तथा तान्त्रिक बिद्याका पारंगत दश महाबिद्याका विशेषज्ञ पंडित बिहंगमराज तिमिल्सिनालाइ कार्यक्रमका बिशेष अतिथि डा. जगदिश बरालले मायाको चिनो सम्मान पत्र प्रदान गरि सम्मान गरेका थिए ।
कार्यक्रममा नेपालीभाषी बाआमा दाजुभाइ दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई बितरित स्वादिष्ट खाना स्थानिय समाजसेवीले निरन्तर खटेर तयार बनाएको नेपाली घरका निर्वतमान अध्यक्ष जगदिश ढकालले बताएका छन् ।
कार्यक्रममा दिपक गौतम लगायतका कलाकारहरुले गीत गाएका थिए भने नेपालीभाषा पाठशालाका छात्रछात्राहरुले नेपाली राष्ट्रिय गान गएका थिए । कार्यक्रममा कलाकार भाइ बैनीहरुले शुन्दर नृत्य प्रर्दशन गरेका थिए ।
नेपाली घरले स्थापना कालदेखी निरन्तर रुपमा नयां पुस्तालाई हाम्रो रहन सहन, भाषा, सस्कृती तथा भेषभुषाको जानाकारी गराउन तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतीको पहिचान गराउन देउसी भैलौ कार्यक्रम आयोजना गर्दै आएको छ ।
यस्ता कार्यक्रमले मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचाहन गराउछ । संकलित रकम समुदायको आस्थाको धरोहर नेपाली सांस्कृतिक केन्द्रको मर्मत सम्भार तथा मर्गेज तिर्न प्रयोग गरिने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्