नेपाल । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजार ८ सय १२ जनाले आवादेन दिएका छन् ।
फारम भर्ने अन्तिम दिन गएराति १२ बजेसम्म उक्त आवेदन परेको हो । यो संख्या सन् २००८ मा नेपालले इपिएसमार्फत दक्षिण कोरियामा कामदार पठाउन थालेयताकै उच्च हो ।
गत साउनमा पानीजहाज निर्माण (सीप बिल्डिङ) सम्बन्धी कामको लागि इपिएस परीक्षा भएको थियो। यसमा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यसपटकको परीक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्