१२ पुष २०८१, शुक्रबार

शुरु भयो नेपाल सम्वत ११४५

कोलोराडोखबर संवाददाता , November 2nd, 2024

नेपाल । नेपाल संवत्अनुसार शनिबार नयाँ वर्ष लाग्दैछ । ११४४ पूरा भई ११४५ लागेको हो । नेपाल संवतअनुसार कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष लाग्छ ।

शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत् शुरुवात गरेको बताइन्छ ।

गरिब जनताको ऋण मोचन गरी नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालमा नेपाल संवतको नयाँ वर्षका दिनतत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

नेपाल संवतको पहिलो दिन शनिबार नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्