नेपाल । महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई काठमाडौं महानगरपालिकाले २५ लाख रुपैयाँ प्रदान गरेको छ ।
महानगरले बुधवार सकिएको फाइनल खेललगत्तै उक्त रकम हस्तान्तरण गरेको हो । प्रतिखेलाडी एक लाख, कोच र व्यवस्थापकलाई जनही ५० हजार रुपैयाँ दिएको हो ।
उनीहरुलाई मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले संयुक्तरुपमा उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्