८ मंसिर २०८१, शनिबार

कोलोराडोको बोल्डर शहरमा देउसी भैलोसंगै कुकुर पूजा सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोखबर संवाददाता , October 30th, 2024

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोको बोल्डर शहरमा देउसी भैलोसंगै सामुहिक कुकुर पूजा सम्पन्न भएको छ ।

कोलोराडोमा कृयासिल नेपाली जात्राको आयोजना, स्थानिय अमेरीकन तथा नेपालीभाषी समुदायको सहभागीतामा देउसी भैलो संगै सामुहिक कुकुर पूजा कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय अमेरीकनहरुलाई हिन्दु संस्कृतीको पहिचान गराउन तथा अमेरिकामा ज्यादै लोकप्रीय कुकुरलाई कसरी पुजा गरिन्छ भन्ने देखाउन कार्यक्रम आयोजना गरिएको नेपाली जात्राको संयोजक सुनन्दा डंगोलले बताएकी छिन् ।

City of Boulder Housing and Human services र Rocky Mountain Equality को सहयोगमा सम्पन्न देउसी भैलो संगै सामुहिक कुकुर पूजा कार्यक्रममा ७० जना स्थानीयहरुले सहभागीताकोलागी रजिष्ट्रेशन गराएका थिए । कार्यक्रममा स्मृती श्रेष्ठ प्रधानले देउसी भैलो तथा कुकुर पूजाको संस्कृती कसरी र कहिले देखी शुरुभयो भन्ने जानाकारी गराएकी थिइन् । कार्यक्रममा झण्डै दुइ दर्जन भन्दा बढि कुकुरलाई सामुहिक पूजा गरी खाना खुवाइएको थियो ।

कार्यक्रममा ७ सय २७ डलर संकलन भएको र सो रकम नेपाली सांस्कृतिक भवनको सहयोगार्थ नेपाली घरको खातामा संकलन गरिने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्