२१ पुष २०८१, आईतवार

अमेरिका पढ्न जान तीन महिनामा ३ हजार ६४ जनाले लिए अध्ययन अनुमतिपत्र

कोलोराडोखबर संवाददाता , October 30th, 2024

नेपाल । विदेश पढ्न जान चालु आर्थिक वर्षको असोज मसान्तसम्म २७ हजार ७२७ नेपाली विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका छन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सबैभन्दा बढी जापानमा अध्ययनका लागि जान ९ हजार ६३८ जनाले अनुमतिपत्र लिएका छन् ।

त्यस्तै दोस्रो नम्बरमा बेलायतका लागि ५ हजार ४५३ जना नेपाली विद्यार्थीले अध्ययन अनुमतिपत्र लिएका छन् ।

यता, तेस्रोमा अमेरिकाका लागि ३ हजार ६४ जनाले अध्ययन अनुमतिपत्र लिएका छन् भने अस्ट्रेलियाका लागि २ हजार २६२, भारतका लागि एक हजार ४४७, दक्षिण कोरियाका लागि ९९४, क्यानडाका लागि ९११, फ्रान्सका लागि ५१९ जनाले अध्ययन अनुमतिपत्र लिएको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्