नेपाल । सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को मंगलवारको बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको हो ।
आयोगको उपाध्यक्षमा जाजरकोटका सनत कार्की, सदस्यमा महोत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईं, विज्ञतर्फ सिन्धुपाल्चोकाका डा जगतबहादुर बस्नेत, कैलालीका टेकबहादुर शाह, दार्चुलाका गोवर्द्धन कोली र तनहुँकी आरती भण्डारी छन् ।
यसैबीच नेपाल प्रहरीका दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु (प्राविधिकतर्फ)लाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्