२० मंसिर २०८१, बिहीबार

नेपाल र बंगलादेशबीच महिला साफ च्याम्पियनसिपको उपाधिका लागि फाइनल खेल हुँदै

कोलोराडोखबर संवाददाता , October 30th, 2024

नेपाल । नेपाल र बंगलादेशबीच साफ (दक्षिण एसियाली फुटबल महासंघ) च्याम्पियनसिपको उपाधिका लागि बुधबार साँझ फाइनल खेल हुँदैछ ।

साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार साँझ ६ः३० बजे दशरथ रङ्गशालामा हुनेछ ।

सन् २०१० मा बंगलादेशबाट सुरूआत भएको साफ च्याम्पियनसिपमा नेपाल ५ पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा नेपाल भारतलाई पेनाल्टीमा ४–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

सन् २०२२ मा नेपालमा नै आयोजना भएको गत संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग १–३ गोलअन्तरले पराजित भएको थियो । सोही संस्करणमा बंगलादेशले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो ।

नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको गरेको थियो ।

बंगलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्