अमेरिका । विश्व बैंकले नेपाललाई विपद व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र–डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने भएको छ ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्वन्धी सम्झौता भएको हो ।
बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्रि डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालन सम्वन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । बजेटरी सहायताको रुपमा उपयोग हुने उक्त रकम विपद पुनःस्थापना, पुनरुत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको ५५ औं वार्षिक बैठकका सिलसिलामा दक्षिण एसिया क्षेत्रका गभर्नरहरुको संयुक्त बैठकमा सहभागी हुन अमेरिका आउनु भएको हो । अर्थमन्त्री पौडेलले बैठकमा सहभागी भई नेपालको आवश्यकता र सहयोगको अपेक्षाबारे आफ्नो धारणा राख्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्