–रमेशचन्द्र घिमिरे–
राम्रो नतिजा ल्याएबापत ऊ जिल्लामा पुरस्कृत हुने भयो ।
आमासँग उसले बाटाखर्च माग्यो । आमाले जाने आउने भाडा दिइन् ।
भव्य सम्मान गरियो । उचालिनसक्नुको ठुलो फ्रेम थियो । चिल्लो र दरो कागजमा लेखिएको प्रमाणपत्र थियो । सयपत्रीको मालाको साथमा खादाको ओइरो लाग्यो । निधार रातै भयो ।
कार्यक्रम लामै भयो । कार्यक्रम सकेर सबै लाखापाखा लागे ।
फर्कँदा गाडी छुट्यो । धन्न चिनेको साथी भेटियो र पाँच सय रुपियाँ सापट माग्न भ्यायो ।
त्यही पैसा लिएर ऊ होटेलमा बास बस्न पुग्यो । सादा खाना खायो अनि कमन बेडमा सुत्यो ।
ऊ सुत्ने बेलामा मनमा कुरा खेलाउँदै थियो, “यो खादा र फ्रेम बिक्री हुने भए साथीसँग लिएको सापटी पैसा तिर्न पुग्थ्यो कि !”
–भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्