११ आश्विन २०८१, शुक्रबार

तेस्रो पटक इजिप्टको राष्ट्रपतिमा अल-सिसी निर्वाचित

कोलोराडोखबर संवाददाता , December 20th, 2023

एजेन्सीहरु । इजिप्टको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि अब्देल फतेह अल–सिसी निर्वाचित भएका छन्  ।

डिसेम्बर १० र १२ मा भएको चुनावको मत परिणामअनुसार उनी राष्ट्रपतिमा निर्वाचित भएको हुन् ।

सिसीले चुनावका क्रममा खसेको मतको ८९.६ प्रतिशत प्राप्त गरेका छन् । मतदानमा ३ करोड ९० लाखभन्दा बढी व्यक्ति सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्