–आर.आर. चौलागाईं–
हाम्रो देश फरक फरक छ ।
मेरो देश अर्कै छ
तपाईँहरूको देश अर्कै छ
र उनीहरूको देश अर्कै छ ।
म आफ्नो देशमा अक्षर रोप्छु
शब्द उमार्छु र कविता फलाउँछु ।
तपाईँहरू आफ्नो देशमा राजनीति रोप्नुहुन्छ
भ्रष्टाचार उमार्नुहुन्छ र कुशासन फलाउनुहुन्छ ।
उनीहरू आफ्नो देशमा आशा रोप्छन
आँसु उमार्छन् र अभाव फलाउँछन् ।
म कवि
तपाईँहरू नेता
र उनीहरू जनता ।
हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्