-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपालीको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीभाषीहरुले शुभकामना सांस्कृतीक सांझ कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गर्ने भएका छन् ।
नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा यहां स्थित सबै संघ संस्थाको सहभागीतामा आगामी अक्टोबर २६ तरिक शनिबार डेनवर्ग स्थित याक एण्ड यती रेष्टुरेन्ट तथा ईभेन्ट सेन्टर (9755 E Hampden Ave. Denver CO.80231) मा सांझ ५ बजेदेखि राती ९ बजेसम्म शुभकामना सांस्कृतीक सांझ कार्यक्रम आयोजना हुने रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् ।
लोकप्रीय गायक तथा संगीतकार Quincy Chett, संझना पाण्डे, मनोजराज सिवाकोटी लगायत अन्य कलाकारहरुको जोडदार प्रस्तुती रहने कार्यक्रममा यहा सकृय संघ संस्थाका प्रतिनीधी, गन्यमान्य, व्यवसायी, बुद्धीजिवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीय अमेरीकी, नेपाली तथा नेपालीभाषी बाआमा, दाजुभाई दिदीबहिनीहरु सवैलाई कार्यक्रममा सहभागी भई नेपाल र नेपालीको भाषा, संस्कृती संरक्षण र पहिचाहनमा सहयोग पु¥याई दिनुहुन अध्यक्ष अर्जुन बगालेले अनुरोध गरेका छन् ।
सबै नेपालीहरु एकै ठाउंमा भेला भई एक आपसमा भलाकुसारी गर्दै नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान गर्न पाउने महत्वपुर्ण अवसर भएकोले आफ्ना साथी भाइ, ईष्टमित्र , छरछिमेक, सबैलाई खवर गरी सहयोग गरिदिन हुन समेत अध्यक्ष बगालेले अनुरोध गरेका छन् । संस्थाको आयोजनामा कोलोराडोमा हरेक बर्ष दशैँ तिहार कार्यक्रमको आयोजना हुँदै आएको छ ।
यूवराज गुरुङ र अनिता गुरुङ टाइटल स्पोन्सर रहेको कार्यक्रमलाई सफलताको साथ सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्