नेपाल । बिपी राजमार्ग (सिन्धुली बर्दिवास) शुक्रबारदेखि सञ्चालन भएको छ ।
यो राजमार्ग काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने राजमार्ग हो । यसलाई बनेपा–सिन्धुलीबर्दिवास या मध्य पहाडी राजमार्ग सडक भनेर पनि चिनिन्छ ।
असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बिपी राजमार्ग अवरुद्ध भएको थियो ।
बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुर्याएको थियो।
प्रतिक्रिया दिनुहोस्