३ माघ २०८१, बिहीबार

अमेरिकाको टेक्सस र क्यालिफोर्नियामा कन्सुलर कार्यालय राख्ने नेपाल सरकारको निर्णय

कोलोराडोखबर संवाददाता , October 11th, 2024

नेपाल । सरकारले संयुक्त राज्य अमेरिकाको टेक्सस र क्यालिफोर्निया राज्यमा कन्सुलर कार्यालय राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा रहेका प्रवासी नेपाली मञ्चसहित नेपाली संघ संस्थाका नेताहरुसँग गर्नुभएको प्रतिवद्धताअनुसार स्वदेश फर्केलगत्तै टेक्सस र क्यालिफोर्नियामा कन्सुलर कार्यालय राख्ने निर्णय भएको हो ।

संयुक्त राष्ट्रसंघको ७९औं महासिभामा अमेरिकाको न्यूयोर्क भ्रमणमा रहेको बेला प्रधानमन्त्री ओलीसँग टेक्सस र क्यालिफोर्नियामा कन्सुलर कार्यालय राख्नुपर्ने माग गरेका थिए ।

मन्त्रिपरिषद बैठकले अमेरिकाको टेक्सस, क्यालिफोर्नियासहित दुबइमा कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

करिब एक लाखको हाराहारीमा नेपाली समुदायको बसोबास रहेको अमेरिकाको टेक्सस राज्य अमेरिकाकै सबैभन्दा ठूलो मध्येको एक राज्य हो ।

अन्य छिमेकी राज्यमा समेत बसोबास गर्ने नेपाली मसुदायले आवश्यक कागजपत्रलगायतको सेवा सुविधाका लागि टेक्ससको डायलसलाई केन्द्र बनाएर कन्सुलर कार्यालय राख्न सरकारलाई आग्रह गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्