नेपाल । वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मस्तिष्कघातको उपचारको क्रममा उनको बुधबार निधन भएको हो ।
लामो समय रेडियो नेपालका जागिरे बल्लभका दुई छोरी छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरले निधन भएको थियो । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर बल्लभका सहोदर भाइ हुन् ।
विश्व बल्लभले तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ नारायण गोपालले गाएको ‘पर्खी बसे आउला भनी, मेरो उठ्ने पालो’ जस्ता चर्चित गीत लेखेका थिए ।
प्रतिक्रिया दिनुहोस्