नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत्को क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा मन्त्रीहरू र उच्च पदाधिकारीसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार उहाँले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावट क्षमताको विद्युत् उत्पादन गराउन कानुनी, नीतिगत, संस्थागत एवं प्रक्रियागत सुधारका सन्दर्भमा छलफल गर्नुभएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा उत्पादन, पूर्वाधार, व्यापार र वित्तीय स्रोतको व्यवस्थापन कार्यक्रमलाई छिटोछरितो रूपमा अघि बढाउने निष्कर्ष निकालिएको छ ।
प्रतिक्रिया दिनुहोस्