११ आश्विन २०८१, शुक्रबार

एनआरएनएको बैठकबाट सदस्य/सल्लाहकारहरु मनोनयन, अनुशासन र विधान समिति गठन

कोलोराडोखबर संवाददाता , December 19th, 2023

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) पदाधिकारी तथा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक गत आइतबार सम्पन्न भएको हो ।

संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा अनलाइन माध्यममा भएको बैठकमा अन्तर्राष्ट्रिय सदस्यहरु मनोनयन, सल्लाहकार मनोनयन, अनुशासन र विधान समितिको गठन लगायतका एजेण्डमा छलफल भएको प्रवक्ता फणिन्द्र पन्तले जनाएका छन् ।

साथै संघको विधान अनुसार २१ जनालाई संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यमा मनोनित गरिएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को पूर्ण बैठक आगामी जनवरी महिनाको २० र २१ गते नेपालमा भौतिक उपस्थितिमा हुने प्रवक्ता पन्तले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्