८ मंसिर २०८१, शनिबार

रमेश क्षितिजको ‘एउटा मायी नगरमा’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , October 6th, 2024

नेपाल । कवि तथा गीतकार रमेश क्षितिजको पहिलो आख्यान कृति ‘एउटा मायी नगरमा’ शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ ।

सो पुस्तक लेखक क्षितिजका पिता रविन्द्रराज न्यौपानेले सार्वजनिक गर्नुभएको हो । आख्यानकार कुमार नगरकोटीले उम्दा कविका रूपमा परिचित क्षितिजले आख्यानमा समेत आफूलाई अब्बल रूपमा प्रस्तुत गरेको चर्चा गर्नुभयो ।

उहाँले शैली, शिल्प र कथा बुन्ने ढङ्गका हिसाबले समेत आख्यान कृति फरक रूपमा पाएको बताउनुभयो ।

सरकारी सेवाका क्रममा भेटिएका पात्र, प्रवृत्ति, घटनालाई आख्यानको मूल विषयवस्तु बनाइएका छन् । आख्यान शैली, शिल्प र संरचनाका हिसाबले समेत पृथक् स्वाद पाठकले पाउन सक्ने लेखक क्षितिजको धारणा छ ।

कवि क्षितिजका अर्को साँझ पर्खेर साँझमा (२०५७), आफैँ आफ्नो साथी भएँ (गीतिकविता २०६३), क्षितिज (गीतिएल्बम २०६८), घर फर्किएको मानिस (२०६९), पर्वत पर्वतमा बटुवा घाम (२०७९) प्रकाशित छन् ।

सो कृतिलाई बुकहिलले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्