८ बैशाख २०८२, सोमबार

नेपाली बजारमा सुन तोलाको १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार

कोलोराडोखबर संवाददाता , September 26th, 2024

नेपाल । नेपालमा सुनको भाउले लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।

भदौ ५ गते १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ भदौ ६ गते १ लाख ५८ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो।

यस्तै भदौ ७ गते १ लाख ५९ हजार २००, भदौ ८ गते १ लाख ५९ हजार ७०० कारोबार भएको थियो भने भदौ ९ गते सुनको भाउ १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँले बढेर बुधबार प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्