११ आश्विन २०८१, शुक्रबार

अलि अहमतले जिप्रका रौतहटबाट लिए गैरआवासीय नेपाली नागरिकता

कोलोराडोखबर संवाददाता , September 25th, 2024

नेपाल (रौतहट) । सोमबार गौर स्थित रौतहट जिल्ला प्रशासन कार्यालयले पहिलो पटक एकजना गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ ।

सम्पूर्ण कानुनी प्रक्रिया मिलेपछि जर्मनीका नागरिक फकरुदिन अलि अहमद शेखलाई प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गैर आवासिय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् ।

फकरुदिन अलिअहमद शेखले रौतहटको गढिमाई नगरपालिका ३ साविक गम्हरिया पर्सा गाविस ५ जन्म स्थान तथा ठेगाना उल्लेख गरि गैर आवासिय नागरिकता प्रमाणपत्र लिएका छन् ।

नेपाल सरकारले निर्धारण गरेको प्रक्रिया अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटबाट अलीलाई पहिलो पटक गैर आवासिय नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरिएको सिडियो रेग्मीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्