११ आश्विन २०८१, शुक्रबार

जय नेपाल इन्टरनेशनल फाउन्डेशनको ग्लोबल युथ नेटवर्क घोषणा

कोलोराडोखबर संवाददाता , September 25th, 2024

अमेरिका । जय नेपाल इन्टरनेशनल फाउन्डेशनले वेबिनार मार्फत ग्लोबल युथ नेटवर्कको घोषणा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको मुख्य आतिथ्यतामा आयोजित कार्यक्रममा अष्ट्रेलियाका मदनराज पौडेलको अध्यक्षतामा गठित ४३ सदस्यीय विश्व युवा संजालको घोषणा गरिएको हो ।

कार्यक्रमका सभापति तथा जय नेपाल इन्टरनेशनल फाउन्डेसनका केन्द्रीय अध्यक्ष डा यादव पण्डितले यो संस्था सबैसँग मिलेर काम गर्नको लागि स्थापना गरिएको र यो सबै संस्थाको सहयोगी संस्था हो भन्नु भयो । उहाँले सकभर नेपालमै युवाहरूलाई रोक्ने ,विदेशमा रहेका युवाहरूको सीप नेपालसँग जोड्ने साथै प्रजातान्त्रिक मूल्य मान्यताप्रति आस्थावान वैचारिक रुपमा असल नागरिक तथा सकारात्मक व्यक्ति निर्माण गर्न आफूहरूले प्रयास गरिरहेको बताउनु भयो ।

ग्लोबल युथ नेटवर्कको नयाँ कार्यसमितिः

मदन राज पौडेल (अष्ट्रेलिया) को अध्यक्षतामा गठित ग्लोबल युथ नेटवर्कमा नवराज न्यौपाने (अमेरिका) महासचिव हुनु हुन्छ ।

त्यस्तै सदस्यहरुमा अनुप खनाल (अमेरिका), बिमला सापकोटा (क्यानडा), सिजन दाहाल (जर्मनी), महेन्द्र बस्नेत (अमेरिका), विनोद मरासिनी (पोर्चुगल), कुशल पौडेल (जापान), विनोद थापा (मलेसिया), अन्जु मल्ल ठकुरी (बेल्जियम), आविष्कार बास्तोला (नर्वे), वैकुण्ठ सिग्देल (अष्ट्रेलिया), बालकृष्ण दाहाल (बेलायत), बलराम तामाङ (चीन), विद्या बराल (नेपाल), विनय अधिकारी (स्पेन), विनोद बास्तोला ( दक्षिण कोरिया), विनोद गुरुङ (क्यानडा), दिपजंग शाही ठकुरी (कतार), दीपेश राज घिमिरे (चीन), हरि बिसी (माल्टा), हरि खड्का (युएई), होमनाथ गिरी (कुवेत), कृष्ण गिरी (डेनमार्क), लाल प्रसाद पाण्डे (भारत), मनीषा रानाभाट (नेपाल), नवीन कटुवाल (नेपाल), नारायण भण्डारी (क्याम्बोडिया), निश्चल चापागाईँ (अमेरिका), फुर्बा तामाङ (डेनमार्क), प्रशान्त गुरुङ (हंगकंग), पुष्पराज सुवेदी (अमेरिका), रंजन राज कुँवर (दक्षिण कोरिया), रवि अर्याल (आयरल्यान्ड), सुलभ हमाल ठकुरी (न्यु जिल्यान्ड), सुरेश राज त्रिपाठी (साउदी अरेबिया), सुस्विन वाग्ले (अष्ट्रेलिया), सुशील पोखरेल (फिनल्यान्ड), साइमोन मुडभरि (अष्ट्रेलिया), उज्ज्वल बज्राचार्य (नेपाल), उपेन पौडेल (बेलायत), युवराज उप्रेती (मकाउ) र रिता शाही (नेपाल) हुनु हुन्छ । 

प्रतिक्रिया दिनुहोस्