११ आश्विन २०८१, शुक्रबार

श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित

कोलोराडोखबर संवाददाता , September 24th, 2024

नेपाल । श्रीलंकाको नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ लिनुभएको छ ।

नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख समेत रहनुभएको ५५ बर्षिय दिसानायाकले सोमबार पद तथा गोपनियताको शपथ लिएको श्रीलंकाको मिडिया डेली मिररले उल्लेख गरेको छ ।

दिसानायाके श्रीलंकाको नवौं कार्यकारी राष्ट्रपति बन्नुभएको हो । दिसानायकेले आफूलाई मजदुरको आवाज उठाउने नेताको रूपमा व्याख्या गर्ने गर्नुहुन्छ ।

चुनावी अभियानमा उनले भ्रष्टाचार अन्त्यका लागि कदम चाल्ने कुरा गर्नुभएको थियो । अनुरा कुमार दिसानायकेले मतदातालाई भ्रष्टाचार विरुद्ध कडा कदम चाल्ने र सुशासन दिने वाचा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्