८ बैशाख २०८२, सोमबार

आइसिसी विश्वकप लिग-२ मा नेपाल क्यानडासँग ५ विकेटले पराजीत

कोलोराडोखबर संवाददाता , September 23rd, 2024

क्यानडा । आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडा सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।

क्यानडाको किग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा गएराती भएको खेलमा नेपाल घरेलु टोली क्यानडासँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । क्यानडाका लागि नवनीत धालिवालले सर्वाधिक ८७ र परगत सिंहले ६४ रन जोडे ।

बलिङमा नेपालका सन्दीप लामिछाने २, ललित राजवंशी, करण केसी, गुलशन झा १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४६ ओभर १ बलमा १ सय ८१ रनमा समेटिएको थियो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४९ रन जोडे । गुलशन झाले ३४, करण केसीले २४, अर्जुन साउदले १०, आरिफ शेखले १० र र सोमपाल कामीले २१ रनको योगदान दिए ।

क्यानडामा जारी सिरिजमा यो नेपालको लगातार तेस्रो हार हो । यसअघि ओमन क्यानडासँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्