९ मंसिर २०८१, आईतवार

कविताः अब अर्को एउटा क्रान्ति गर्नुपर्छ

कोलोराडोखबर संवाददाता , September 21st, 2024

-आर.आर. चौलागाईं-

न यिनीहरूले देश बनाए
न यिनीहरूले शान्ति कायम गराए
न यिनीहरूले छिमेकीहरूसँग सम्बन्ध सुधारे
न यिनीहरू आफैँ सुध्रिए
न यिनीहरू आफैँ सच्चिए
लुट्नु
खानु
घुम्नु
र मोजमस्ती गर्नुबाहेक
यिनीहरूले अरू केही पनि गरेनन्
खालि नाचेर मात्रै बसे
जनताका पीडामा हाँसेर मात्रै बसे
खालि झगडामात्रै गरेर बसे
बाहिरबाट आएको अनुदान
देशभित्रबाट उठेको कर
अनि विदेशबाट लाखौँ नेपालीहरूले
रगत पसिना बगाएर पठाएको पैसाले
तलब खाए
गाडी चढे
ठूल्ठूला महल बनाए
देश विदेश घुमे
सात पुस्तालाई पुग्ने कमाए
तर कामको नाममा एउटा सिन्को पनि भाँचेनन्
अब त अति भयो
त्यसैले आउनोस्
लाखौँ जनता सडकमा ओर्लेर
अब नेताहरूलाई खोजीखोजी पिट्नुपर्छ
अब नेताहरूलाई छानीछानी पिट्नुपर्छ
अब नेताहरूलाई लखेटीलखेटी पिट्नुपर्छ
अब अर्को एउटा क्रान्ति गर्नुपर्छ ।

–हेटौँडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्