११ आश्विन २०८१, शुक्रबार

१६ देशका राजदूतको नाम सुनुवाई समितिबाट अनुमोदन, अमेरिकामा रेग्मी

कोलोराडोखबर संवाददाता , September 20th, 2024

नेपाल । विभिन्न १६ देशको राजदूतमा सिफारिस भएकाहरुको सम्बन्धनमा निर्णय लिन बसेको संसदीय सुनुवाई विशेष समितिको उनीहरुको नाम अनुमोदन भएको छ ।

श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको स्नातक पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि अस्वीकृत भएको छ । बैठकमा भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि उहाँको नाम अस्वीकृत भएको हो ।

अनुमोदन भएका १६ जनामध्ये १३ जना सर्वसम्मत र ३ जना बुहमतबाट अनुमोदन भएका हुन् ।

समितिको निर्णयअनुसार चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्माको नाम अनुमोदन भएको छ ।

यस्तै इजरायलका लागि डा. धनप्रसाद पण्डित, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहेम्फेको नाम अनुमोदन भएको छ ।

यसैगरी स्पेनका लागि सनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम अनुमोदन भएको छ ।

प्रतिक्रिया दिनुहोस्