नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशनको २०८२ साल बैशाखको अन्तिम साता गर्ने भएको छ ।
पार्टीको जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
पार्टीको केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत भएको सभापति लामिछानेले बताए । उनले नयाँ अभियानको पनि घोषणा गरे ।
अब रास्वपाले जनताको कुरा सुन्न ‘महाकाली–मेची जनयात्रा अभियान’ सुरु गर्ने भेलाबाट निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस्