१२ पुष २०८१, शुक्रबार

विश्वकप लिग-२ मा नेपाल ओमानसँग पनि पराजीत

कोलोराडोखबर संवाददाता , September 19th, 2024

नेपाल । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमानसँग एक विकेटले पराजित भएको छ ।

नेपालले दिएको दुई सय २१ रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो ।

क्यानाडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड ए, किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

ओमानले नेपालले दिएको लक्ष्य ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाएको हो ।

यसअघिको खेलमा नेपाल क्यानाडासँग पराजित भएको थियो ।

नेपालका लागि गुल्सन झाले ३५ बलमा ५३ रन तथा ४७ रन खर्चेर ५ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । नेपालले ९ विकेटको क्षतिमा २२० रन बनाउँदा कप्तान रोहित पौडेलले ६० रन जोडेका थिए ।

जवाफमा ओमानले १ बल खेल्न बाँकी छँदै ९ विकेटको क्षतिमा जित निकाल्यो ।

प्रतिक्रिया दिनुहोस्