११ आश्विन २०८१, शुक्रबार

नेपाली नागरिकताको निरन्तरता र अधिकारसहितको नागरिकताको लागि लबिङ गरिरहेका छौंः केसी

कोलोराडोखबर संवाददाता , September 16th, 2024

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ वेस्टर्न अष्ट्रेलियाको आयोजनामा गत शनिबार आयोजित फेस्टिभलको एनआरएनए अध्यक्ष डा. बद्री केसी र वेस्टर्न अष्ट्रेलियाका बहुसांस्कृतिक मन्त्री टोनी बुटीले उदघाटन गर्नुभएको छ ।

नेपाली कला, संस्कृति परम्पराको जर्गेना एवम प्रचार प्रसारका लागि आयोजित फेस्टिभल कलश यात्रासहित सुरु भएको थियो । सो अवसरमा विभिन्न जातजातिको पोशाकसहितको संस्कृति झल्काउने नाचहरु तथा झाकिहरु प्रदर्शन गर्दै शहर परिक्रमा गरिएको थियो ।

उदघाटन समारोहमा बोल्दै मन्त्री बुटीले नेपाली समुदायले राम्रो काम गरिरहेको बताउँदै आफ्नो तर्फबाट १० हजार डलर सहयोगको घोषणा गरेका थिए । कार्यक्रममा स्थानिय सांसदहरु तथा जनप्रतिनिधीहरुको पनि सहभागिता रहेको थियो ।

यस्तै फेस्टिबलमा सहभागिताका लागि शुक्रबार नै एनआरएनए अध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रोजिना प्रधान राई, सचिव टिका गुरुङलगायत अष्ट्रेलियामै रहेका आइसीसी उपाध्यक्ष विनोद श्रेष्ठ, सचिव डा. ज्ञानेन्द्र रेग्मी, ओसियाना क्षेत्रीय संयोजक दिनेश पोखरेल, एनआरएनए एनसीसी अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएनए विधान संशोधन समितिका संयोजक भवानी ओलीलगायत एनआरएनए अष्ट्रेलियाका राज्यका प्रतिनिधीहरु पर्थमा पुगिसकेका थिए ।

कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकताको निरन्तरता र अधिकारसहितको नागरिकताको लागि लबिङ गरिरहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रम विभिन्न देशमा भैरहेको खुसी व्यक्त गर्दै नेपाल बाहिर नेपाल चिनाउने यस्ता कार्यक्रम सार्थक हुने बताउनुभयो ।

कार्यक्रमको सभापतित्व गरेका एनआरएनए एनसीसी अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले एनआरएनएको सक्रियतामा यस्ता नेपाली कला तथा संस्कृति झल्कने कार्यक्रम अष्ट्रेलियामा आयोजना भैरहेको जानकारी दिनुएभयो ।

कार्यक्रममा उल्लेख्य मात्रामा नेपाली समुदाय, दोश्रो पुस्ताका नेपाली बालबालीकाहरुका अलवा ठुलो संख्यामा विदेशी नागरिकहरु पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्