नेपाल । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
पेट्रोलमा प्रतिलिटर ४ र डिजेल–मट्टितेलमा ५ रुपैयाँले मूल्य घटाइएको हो । घटेको मूल्य सोमबार बिहानबाट लागू भएको छ ।
प्रतिक्रिया दिनुहोस्