११ पुष २०८१, बिहीबार

मध्यरातमा ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु बनाएर गयो भूकम्प

कोलोराडोखबर संवाददाता , September 15th, 2024

नेपाल । शनिबारको मध्ये रात ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर चार दशमलव छ रेक्टरस्केलको भूकम्प भएको हो।

यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प भएको थियो ।

प्रतिक्रिया दिनुहोस्