१२ पुष २०८१, शुक्रबार

असोज ३ गतेसम्म काठमाडौं नछाड्न सांसदहरुलाई निर्देशन

कोलोराडोखबर संवाददाता , September 12th, 2024

नेपाल । नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न निर्देशन दिएको छ ।

गत सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख ईन्दिरा रानाको आचरण सही नभएको भन्दै हटाउने प्रस्ताव गरेका थिए ।

उपसभामुखले राजीनामा नदिए हटाउने प्रस्ताव लैजाने गठबन्धनको तयारी छ । त्यसैले कांग्रेसले मात्रै नभएर एमालेले पनि यसअघि नै सांसदहरूलाई ३ गतेसम्म काठमाडौं नछाड्न भनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्