अमेरिका । अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज (अनेसास) ले राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अनेसास कविता महोत्सव २०२४ आयोजना गर्ने भएको छ ।
उक्त महोत्सवमा सहभागी हुनका लागि सेप्टेम्बर २५ अर्थात असोज ९ गतेसम्म इमेल मार्फत कविता पठाइसक्नु पर्नेछ ।
कविता २ सय शब्दसम्मको हुनु पर्नेछ । प्राप्त कविताबाट बाचनका लागि कविहरुको चयन गरिने छ । अनेसासले प्रकाशित गरेको सूचना अनुसार जूमको माध्यमबाट बृहत समारोह आयोजना गरिने छ ।
विजयी हुनेहरुलाई प्रथम पुरस्कार ५०० डलर, द्वितीय पुरस्कार ३०० डलर र तृतीय पुरस्कार २०० डलरसहित प्रमाणपत्र प्रदान गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्