८ मंसिर २०८१, शनिबार

चार खर्ब ७७ अर्ब रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति १६ खर्ब ९६ अर्ब

कोलोराडोखबर संवाददाता , December 15th, 2023
नेपाल । नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी रिर्पोटका अनुसार चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब  ९६ करोड बराबरको विप्रेषण (रेमिट्यान्स) मुलुक भित्रिएको छ ।
रिपोर्ट अनुसार साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
यता, विदेशी मुद्रा सञ्चिति १० दशमलव दुई प्रतिशतले बढेको छ । गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति रु १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ ।
राष्ट्र बैंकको रिपोर्ट अनुसार चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३ दशमलव छ महिनाको वस्तु आयात र ११ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्